कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन काठमाडौँ महानगरविरुद्ध
कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन काठमाडौँ महानगरविरुद्ध
    • बेल संचार

    • ३ असार २०८१, सोमबार

काठमाडौँ ।

काठमाडौँ महानगर विरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमवार पनि निरन्तरता दिएका हुन् ।

उनीहरूले काठमाडौँ महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णय विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

कबाड व्यवसायीहरूले सोमवार पनि  माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

कबाड व्यवसायीहरूले प्रदर्शनमा छोटे राजाहरूको आतङ्क बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गरजस्ता नारासहित  प्लेकार्ड समेत प्रदर्शन गरेका हुन् ।

रिङरोडभित्रका कबाड हटाउने काठमाडौँ महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ ।

 कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरूले आन्दोलन गर्नुपरेको बताएका छन् ।

महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो ।

तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।

साताकाे चर्चित
सम्बन्धित