प्रतिनिधि सभा बैठक स्थगितक र्मचारीहरूको आन्दोलनका कारण
प्रतिनिधि सभा बैठक स्थगितक र्मचारीहरूको आन्दोलनका कारण
    • बेल संचार

    • ५ असार २०८१, बुधबार

काठमाडौँ ।

संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

कर्मचारीहरूले असहयोग गरेपछि बुधबार प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो ।

तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।

त्यसपछि सांसदहरूले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाएका थिए ।

सांसदहरूले ‘ब्ल्याक आउट’मा सदन नचलाउन आग्रह गरेपछि सभामुखले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएर पूरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।

 

साताकाे चर्चित
सम्बन्धित