हिमा १ ले अपाङ्गता भएका व्यक्तिहरुलाई रारा अवलोकन गरायो
हिमा १ ले अपाङ्गता भएका व्यक्तिहरुलाई रारा अवलोकन गरायो
    • उमेश बुढा

    • ८ असार २०८१, शनिबार

जुम्ला ।

हिमा गाउँपालिका वडा नम्बर १ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई अन्तर जिल्ला मुगुमा अवस्थित रारा तालमा अवलोकन गराएको छ ।

हिमा गाउँपालिका १ को आयोजनामा र आई एन एफ नेपालको आर्थिक सहयोगमा अपाङ्गता व्यक्तिहरुलाई रारा भ्रमणमा लिएको हो ।

वडा अध्यक्ष रतन शाहीका अनुसार वडा भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरु हिड्डुल गर्न नसक्ने उनिहरुले छिमेकी जिल्ला मुगुमा गएर रारा तालको मनोरञ्जन लिन कहिले नपाउने भएकोले वडा भित्र रहेका त्यस्ता व्यक्तिहरुलाई अवलोकन गर्न लिएको हो । अवलोकन २ दिन गराएर उनिहरुलाई यातायातको साधन बसमा लिएर शनिबार घरतिर फर्केर घरमा पुर्‍याएको शाहीले बताए ।

यस भन्दा अगाडि नेपालको कुनै पनि स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई रारा लिएर अवलोकन नगराएको बुझिएको छ । तर जुम्लाको हिमा १ को सरकारले महत्त्वपूर्ण कार्य गरेको हो । वडा १ भित्रका अपाङ्गता भएका क र ख वर्गका गरि जम्मा १२ जनालाई अवलोकनमा नेपालको ठुलो ताल रारामा लिएको हो ।

उक्त अवलोकनमा अपाङ्गता व्यक्ति र उनिहरुका अभिभावक समेत साथमा लिएको हो । साथै जनप्रतिनिधि र कर्मचारी पनि सहभागी थिए ।

स्वर्गकी अप्सरा रारा ताल जहाँ रारा राष्ट्रिय निकुञ्जले वरिपरि ढपक्क ढाकेको सुन्दर तालको हेर्न र तालमा डुङ्गा चढ्न पाउँदा अपाङ्गता व्यक्तिहरु निकै खुसी भएको थिए । आफूले सकिने जति अपाङ्गता व्यक्तिहरु नाच्दै रमाईलो गरेका थिए । भने, कसैले गित गाउँदै राराको दृश्य हेरेर मनोरञ्जन लिएका थिए ।
सपाङ्ग व्यक्तिहरु त आफ्नो योजना बनाएर रारा मात्र नभएर नेपालको जुनसुकै ठाउँमा गएर अवलोकन गर्न सक्छन् । तर अपाङ्गता भएका व्यक्तिहरुको घुम्न जाने इच्छा रहर हुँदा हुँदै पनि सोचेको ठाउँमा जान सक्दैनन् । त्यसैले उनिहरुलाई रारा तालको अवलोकन गर्न लिएको अध्यक्ष शाहीले बताउनु भयो ।

हिमा गाउँपालिकाले अपाङ्गता व्यक्तिहरुको जानलाई रहर भएको ठाउँमा लिएर अवलोकन गराएको छ । हिमा १ को सरकारले अपाङ्गताहरुका लागि यति राम्रो कार्य गरेको छ । अझै आउँदा दिनमा पनि जेष्ठ नागरिकलाई पनि लिने सोच र विचार रहेको शाहीले बताए ।

अपाङ्गता व्यक्तिहरु घरको दैलोमा दिन बितारहेका थिए भने यस पटक गाडी चढेर रारा ताल पुगेर रमाईलो गर्दै घर फर्किएका छन् ।

साताकाे चर्चित
सम्बन्धित