चट्याङ लागेर एक जनाको मृत्यु बर्दियामा
चट्याङ लागेर एक जनाको मृत्यु बर्दियामा
    • बेल संचार

    • १० असार २०८१, सोमबार

बर्दिया

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारूको निधन भएको हो ।

चट्याङ लागेर घाइते थारूको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित