काठमाडाैं
भक्तपुरमा असार ४ गते भएको दुई करोड रुपैयाँ बराबरको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मुख्य अभियुक्त सुजन रसाइलीसहित ४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ ।
घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले संयुक्त अनुसन्धान गरेका थिए।लुटेराहरूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी हौं भन्दै मनकुमारी राउतको घरबाट पैसा लुटेका थिए । लुटिएको केही पैसा बरामद भएको प्रहरीले जनाएको छ ।
राउतको घरमा पैसा रहेको आफन्तबाट सूचना पाएपछि उनीहरू लुटपाट गर्ने उद्देश्यले गएको पनि प्रहरीले जनाएको छ ।
सो पैसा हुन्डी बापतको हुनसक्ने प्रहरीको आशंका छ ।