बजेट पारित प्रतिनिधिसभाबाट
बजेट पारित प्रतिनिधिसभाबाट
    • बेल संचार

    • ११ असार २०८१, मंगलवार

काठमाडाैं

आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलवार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

मन्त्रीहरूले जवाफ दिएसँगै बजेटको मूल विधेयक ‘विनियोजन विधेयक २०८१’ मंगलवार दिउँसो पारित भएको हो ।

विनियोजनन विधेयक बहुमतले पारित भएपनि बजेटका पूरक विधेयकमाथि संसदमा छलफल चलिरहेको छ । करका दरसम्बन्धी आर्थिक विधेयक २०८१ पनि मंगलवार नै पारित गर्ने तयारी छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । राष्ट्रियसभाबाट पनि पारित भएपछि नयाँ बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ ।

साताकाे चर्चित
सम्बन्धित