पहिरोले घर भत्किंदा एक जनाको मृत्यु, एक घाइते लमजुङको दोर्दीमा
पहिरोले घर भत्किंदा एक जनाको मृत्यु, एक घाइते लमजुङको दोर्दीमा
    • बेल संचार

    • १२ असार २०८१, बुधबार

 लमजुङ ।

लमजुङको दोर्दी गाउँपालिका-९ मा मंगलबार राति पहिरोले घर भत्किंदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपाईंका अनुसार १८ वर्षीय मिलन सुनार घाइते छन् ।

मृतक विकल र घाइते मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पहिरोका कारण लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध छ । बेंसीसहर नगरपालिका-६ खरकहरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

साताकाे चर्चित
सम्बन्धित