काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताएका थिए ।साथै उनले करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोग निम्ति कृतज्ञता ज्ञापन गरे ।
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैं नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए ।
उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा चीनले थप सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।