नगरपालिकाले दियो २७ लाख अनुदान ,तोरीखेती गर्ने किसानलाई
नगरपालिकाले दियो २७ लाख अनुदान ,तोरीखेती गर्ने किसानलाई
    • बेल संचार

    • १८ असार २०८१, मंगलवार

झापा |

झापाको मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ ।

चालू आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो ।

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए ।

उनका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा १५ रुपैयाँ अनुदानको व्यवस्था गरेको थियो ।

कम्तीमा पाँच कट्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्था गरिएको थियो ।

सोही अनुसार ८ हजार ९ सय ९० कट्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित