काठमाडौँ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडौँमा बसेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बिहान ९ बजे सुरु भएको हो ।पछिल्लो समय विकास भएको राजनीतिक घटनाको समीक्षा र आगामी योजना निर्माणका विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । बैठकले प्रदेश सरकारको नेतृत्व र भूमिकाका बारेमा छलफल तथा निर्णय गर्ने एक सांसदले बताए ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत वा मार्ग प्रशस्त गर्ने विषयमा निर्णय गर्ने बताइएको छ । मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत फेस नगर्ने पक्षमा छन् ।
प्रदेशको ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएपछि विश्वास मत लिन मुख्यमन्त्री जम्कट्टेलले इच्छा नदेखिएको बताइएको हो ।