तनहुँ।
तनहुँमा पहिरोले पुरिएका तीन जनाको शव भेटिएको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा उनीहरू पनि परेका हुन् ।
मृत्यु हुनेमा घरधनी हिरा नेपाली सहित छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी छन् । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरू पहिरोमा पुरिएका हुन् ।