एमालेको आग्रह तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई
एमालेको आग्रह तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई
    • बेल संचार

    • २३ असार २०८१, आईतवार

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, बर्तौलाको भनाइ छ । त्यस्तै एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।

सरकारलाई कुनैपनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ’, बर्तौलाको भनाइ छ ।  एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित