जलसतह सतर्कता तह पार विष्णुमती नदीको
जलसतह सतर्कता तह पार विष्णुमती नदीको
    • बेल संचार

    • २४ असार २०८१, सोमबार

काठमाडौँ ।

काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान साढे ६ बजे जारी गरेको सूचना अनुसार जलसतह बढ्दो क्रममा रहेको छ ।

टेकुदोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सो क्षेत्रमा शनिबार पनि डुबान भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित