कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च
    • बेल संचार

    • २५ असार २०८१, मंगलवार

 विराटनगर ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीका सूचना अधिकारी ऋषिकुमार खनालका अनुसार असार महिनामा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।
खर्च गर्ने अन्तिम दिन सोमबारमात्रै २ अर्ब ३० करोड ३५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।

कोशी प्रदेश सरकारले गत जेठसम्म २० अर्ब १७ करोड मात्रै खर्च गरेको थियो । जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च भएको थियो ।

चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा चालुतर्फ १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार र पुँजीगततर्फ २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन भएको थियो ।

कोशी सरकारले पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार र चालुतर्फ १२ अर्ब ७२ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ ।

कोशीले चालु आवका लागि ल्याएको बजेटमध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार रुपैयाँ खर्च भएन ।

साताकाे चर्चित
सम्बन्धित