कालीकोट ।
अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ ।
गत शुक्रबारदेखि बन्द राजमार्ग मंगलबार अपरान्हदेखि एकतर्फी खुलेको हो ।
जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।
राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताए ।