जसपाले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बन्ने
जसपाले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बन्ने
    • बेल संचार

    • ३१ असार २०८१, सोमबार

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।

महासचिव इस्तियाक राईका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको छ ।

त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ ।

उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।

२३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।

नवल किशोर साहको मन्त्रालय भने टुंगो लागेको छैन । उनी प्रचण्ड नेतृत्वको सरकारमा झण्डै चार महिना वन तथा वातावरण मन्त्री थिए ।

साताकाे चर्चित
सम्बन्धित