काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।
कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् ।
उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए । प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटे ।
त्यसपछि रास्वपाका उपसभापति डीपी अर्याल करिव ४ महिना श्रममन्त्री बनेका थिए ।
लोसपाको संसदमा चार सांसद छन् ।