वासिङ्टन डिसी ।
यस वर्षको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारीका लागि रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्पलाई टक्कर दिन उठेका उम्मेदवारहरूले यतिबेला ट्रम्पलाई समर्थन गरिरहेका छन् । शनिबार भएको चुनावी र्यालीमा ज्यान मार्ने उद्देश्यले भएको गोली प्रहारमा ट्रम्प भाग्यले बाँचे । सो घटनाको केही दिनपछि रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु भयो ।
यसले राष्ट्रपतिको चुनावमा ट्रपलाई पार्टीको उम्मेदवारको रूपमा औपचारिक रूपमा घोषणा गर्यो । मंगलबार राति महाधिवेशनमा राष्ट्रपतिको निर्वाचनमा मनोनयनमा ट्रम्पले परास्त गरेको प्रतिस्पर्धीहरूले एक पछि अर्को गर्दै उनलाई समर्थन गरे । यसरी समर्थन जनाउनेमा निक्की हेली, रोन डिसान्टिस र विवेक रामास्वामी जस्ता प्रतिद्वन्द्वी थिए ।
ट्रम्पलाई मत दिन हरसमय उनीसँग सहमत हुन जरुरी नभएको निक्की हेलीले भनेकी थिइन् । ट्रम्पलाई आफ्नो बलियो समर्थन रहेको महाधिवेशनमा हेलीले भनेकी थिइन् । नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । सो चुनावमा डेमोक्रेट्सको तर्फबाट राष्ट्रपति जो बाइडेन र रिपब्लिकन दलको तर्फबाट ट्रम्प मैदानमा उत्रिएका छन् ।