काठमाडाैं।
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।
शहरी विकासमन्त्री सिंहसँग बिहीवार सिंहदरबारमा भेटवार्ता भएको राजदूत चेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भेटका क्रममा आफूले सिंहलाई शहरी विकासमन्त्री भएकोमा बधाई दिएको उनले बताएका छन् ।
राजदूत चेनले भेटका क्रममा मन्त्री सिंहसँग दुईपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको पनि बताए ।
साथै शहरी विकासलगायत विविध विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।