काठमाडाैं।
नवौं महिला एशिया कप क्रिकेटमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको यूएईले २० ओभरको खेलमा ८ विकेट गुमाएर ११५ रन बनायो ।
श्रीलंकाको डम्बुलामा जारी ‘नवौं महिला एशिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालको तर्फबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।
पूर्व कप्तान रुविना क्षेत्री, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए ।
यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् ।