काठमाडौं ।
नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र बुझाएका छन् ।
पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् ।
पार्टीको सुझावपत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् ।
आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले बताए ।
सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताए ।
‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अटोट आगामी १९ वर्षभित्र पुरा गर्नेगरी सरकार अगाडि बढेको पनि बताए ।