मातृशक्तिले गरे विष्णुसहस्रनामको ऐतिहासिक पाठ
मातृशक्तिले गरे विष्णुसहस्रनामको ऐतिहासिक पाठ
    • बेल संचार

    • ६ श्रावण २०८१, आईतवार

काठमाडौँ ।
एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेका १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एकै स्वर र लयमा पाठ गरे ।
त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यव्रmममा १०८ जनाले वाचन गर्ने कार्यव्रmम रहेको भए पनि १२३ जनाले पाठ गरेको जनाइएको छ । आयोजकका अनुसार नेपालमा यसरी यतिको सङ्ख्यामा महिलाबाट वाचन भएको यो पहिलो पटक हो ।

घरघरमा गुरुकुलका संस्थापक आचार्य कपिलदेव सुवेदीका अनुसार २०७६ सालमा कोरानाकालमा पाँच वर्षीया बालिका सान्भी सुमन प्रसाईले संस्कृत शिक्षा कहाँ लिन पाइन्छ ? भनी गरेको प्रश्नका आधारमा घरमा नै संस्कृत सिकाउने अभियान थालिएको हो । त्यस अभियान अन्तर्गत महिलाले घरमा नै बसेर अनलाइनबाटै संस्कार शिक्षा, नित्यकर्म, दुर्गा शप्तसती, श्रीमद्भागवत गीतालगायतका संस्कृतका स्तोत्रको अध्ययन तथा कथावाचनसमेत गरिरहेका छन् ।
हालसम्म २५ वटा कक्षाबाट पाँच सयभन्दा बढी महिलाले त्यस्तो ज्ञान र वाचन सिकेका छन् । हाल समाजका काठमाडौँ, मकवानपुर र चितवनमा शाखा रहेका छन् भने ललितपुर र भक्तपुरमा शाखा गठनको तयारी भइरहेको छ । संस्कार शिक्षा नेपालबाट मात्र नभई अमेरिकाबाट पनि सञ्चालनमा रहेको आचार्य कपिलदेवले जनाउनुभयो ।

श्री १००८ डा. रामानन्द गिरीको परिनिर्वाणको सातौँ वार्षिक समारोहको अवसर पारेर आयोजित समारोहमा संस्कृत शिक्षाका साधकलाई अभिनन्दन पनि गरिएको थियो ।
श्री १००८ स्वामी रमणानन्द गिरी र घर घरमा गुरुकुल अभियानका संयोजक आचार्य कपिलदेवले प्रा. शिवगोपाल रिसाल, प्रा. भवानीप्रसाद खतिवडा, समाजसेवी रामप्रसाद सुवेदी, मधुसूदन सुवेदी, शान्ति सुवेदी र अभियानको बीजारोपण गर्ने सान्भी सुमन प्रसाईलाई अभिनन्दन गर्नुभयो ।

त्यस अवसरमा श्री १००८ स्वामी रमणानन्द गिरीले त्रिशक्ति एकादशी संस्कृति समाजको दर्ताको व्रmममा धर्मको उद्देश्य राख्न नदिइएकामा आपत्ति जनाउनु भयो । उहाँले अष्ट मूर्तिका चर्चा गर्दै मानव शरीर आफैमा त्यस्तो मूर्ति हुने बताउनु भयो ।
प्रा. शिवगोपाल रिसालले आमा समान गुरु कोही नहुने भन्दै घरघरमा गुरुकुल अभियानले मातृशक्तिलाई अरु सशक्त बनाउने विश्वास गर्नुभयो ।
त्रिशक्ति एकादशी संस्कृति समाजकी अध्यक्ष रीता पाण्डेको सभापत्विमा भएको कार्यव्रmममा प्रा भवानीप्रसाद खतिवडाले वैदिक सनातन धर्मको सम्बन्ध मानव कल्याणसँग हुने बताउनु भयो भने रामप्रसाद सुवेदीले दानको महिमाबारे चर्चा गर्नुभयो ।

 

 

साताकाे चर्चित
सम्बन्धित