सिँजा १ मा मदिरा न्युनिकरणका लागि २१ जना सदस्यीय समिति गठन
सिँजा १ मा मदिरा न्युनिकरणका लागि २१ जना सदस्यीय समिति गठन
    • उमेश बुढा

    • ७ श्रावण २०८१, सोमबार

जुम्ला ।

वडा नम्बर १ का वडा अध्यक्ष हरिनन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले मदिरा न्युनिकरणका लागि २१ जना सदस्यीय समिति गठन गरिएको छ ।

संयोजकमा प्रेम वहादुर रावत , सदस्य रण वहादुर शाही , सदस्य शंख वहादुर रोकाया , सदस्य सर्मिला खत्री , सदस्य चन्द्र प्रसाद उपाध्याय , सदस्य सिर्जना शाही , सदस्य जगत वहादुर शाही , सदस्य अर्जुन सुनार , सदस्य छाया दमाई , सदस्य भिम रोकाया , सदस्य हिमाली भण्डारी नेपाल , सदस्य सरिता रोकाया , सदस्य साङ्मू लामा , सदस्य जुनदेवी कामी , सदस्य सरी रोकाया , सदस्य चन्नावती आचार्य , सदस्य बिस्न आचार्य , सदस्य बिण्णुरुद्द आचार्य , सदस्य दिपक गुरुङ प्रहरी चौकी नराकोट , सदस्य विशेसोर खत्री वडा जनप्रतिनिधि र सदस्य मिन प्रसाद तिवा धापा स्वास्थ्य चौकीबाट समितिमा रहनु भएको छ ।

उक्त बैठमा वडा भित्रका वडावासी , भद्र भलादमी , जनमास , पुरुष महिलाहरुको भेलाले यस वडामा मनदिरा सेवन गरेर झैझगडा आदिलाई नियन्त्रणको लागि समिति गठन गराएको वडा अध्यक्ष हरिन्नद आचार्यले बताउनु भयो ।

यस वडा भित्रका वडावासीहरुले मदिरा सेवन , जुवातास , लागूऔषध सेवन गरि चोरी झैझगडा , वालविवाह , सार्वजनिक स्थलमा होहल्ला आदि कुनै गरेको देखेमा वा सुनेमा यस समितिले आफ्नो निर्णय अनुसार अपराधको प्रकृति हेरि प्रचलित ऐन नियम अनुसार सुरक्षाको सहयोग लियर कानुनी कार्वाही गर्ने निर्णय समेत गरेको अध्यक्ष आचार्यले बताए ।

यस वडामा मदिरा सेवन गरि दिन प्रत्येक दिन होहल्ला गर्ने , झैझगडा गर्ने चोरी हुने घटना बढ्दै गए पछि अध्यक्ष आचार्यले जनभेला गराई नियन्त्रणको लागि समिति गठन गराएका हुन ।

साताकाे चर्चित
सम्बन्धित