सिँजा गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण कार्यशाला
सिँजा गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण कार्यशाला
    • उमेश बुढा

    • १० श्रावण २०८१, बिहीबार

जुम्ला ।

सिंजा गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण कार्यशाला संचालन गरिएको छ ।

सिंजा गाउँपालिका उपाध्यक्ष सिलती रोकायाको अध्यक्षतामा आयोजना गरिएको कार्यशाला गोष्टीमा गायँपालिकाका जनप्रतिनिधि,विषयगत शाखा प्रमुख र विपद जेखिम न्युनिकरणका क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको पस्थितमा कार्यशाला सञ्चालन गरिएको हो ।

जसमा २० जनाको सहभागीता रहेको थियो । यस कार्यशालाको सहजिकरण तथा सहयोग कारितास जर्मन, कारितास नेपाल र पेस नेपाल द्धारा संचालित मानविय सहायता तथा विपद जोखिम न्युनिकरण ९उत्थान ० परियोजना मार्फत गरिएको छ ।

सिंजा गाउँपालिकाको विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा गर्न न्यूनतम आधार तथा साझा मापदण्ड निर्धारण गरि गाउँपालिकामा रहेको विपदको सङ्कटा सन्नता, जोखिम र क्षमता विश्लेषण गर्न र सोही बमोजिम विपद तथा जलवायु जन्यजोखिम व्यवस्थापनका कार्यक्रमहरुलाई प्राथमिकीकरण गर्दै स्थानिय विकास प्रक्रियामा मुलप्रवाहीकरण गरी विपद तथा जलवायु उत्थानशील समुदायको निर्माणमा योगदान पुर्‍याई स्थानिय तहका नीति तथा विकास कार्यक्रममा सबै क्षेत्र र वर्ग ९महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकलमहिला, अपाङ्गता भएका व्यक्तिहरू, दलित, आदिवासी, जनजाति, प्रकोप प्रभावित, जलवायुजन्यप्रभावित सङ्कटासन्न समुदाय तथा व्यक्तिहरू एवम् नेपाल सरकारले लक्षित समूह भनी परिभाषित गरेकावर्ग० को समानुपातिक सहभागिता सुनिश्चित गरी विपद जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनलाई संस्थागत गर्न मार्गप्रस्थ यस स्थानीयविपद् तथाजलवायु उत्थानशील योजनाले गर्ने छ ।

सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाका अनुसार सिँजा गाउँपालिका भित्र रहेका नागरिकलाई जुन सुकै विपदबाट बचाउनलाई पालिका लागि परेको छ । र अझै विपद न्युनिकरणका लागि सचेतनामूलक कार्य टोलटोलमा दिए पछि , विपदबाट जनधन र भौतिक संरचना बचाउन सकिन्छ ।

पालिकासँग साझेदारीता गरेर यति राम्रो कार्य गर्नमा सहयोग गर्ने पेस नेपाललाई उपाध्यक्ष रोकायाले धन्यवाद दिनु भयो ।

सहयोगी संस्था पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले भन्नुभयो यस कार्यशाल मार्फत निमार्ण गरिएको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाले पालिकाको विपद जोखिम न्यनिकरणका क्षेत्रमा योजनावद्ध किसिमले पालिकाको विपद न्युनिरणमा टेवापुग्ने अपेक्षागरेको छु । भट्टले विस्वास व्यक्त गर्दै थप्नु भयो आगमी दिनमा विपदका क्षेत्रमा कार्यक्रम सञ्चालन र कार्यनयन गर्न सहजता हुनुका साथै स्थानियतहले विपदका विषयलाई मुल प्रवहरुकरण गरी पालिकको प्राथमिकतामा राखेर काम गर्ने छ ।

पेस नेपाल जुम्लाले विभिन्न दृाति निकायसँग साझेदारी गरि बिगत लामो समय देखि जुम्लामा काम गर्दै आएको छ । संस्थाले प्रारम्भिक बाल विकास,खानेपानी सरसफाई स्वच्छता, विपद जोखिम न्युनिकरण, जलवायु परिवर्तन अनुकुलन,पुर्वाधार विकास,शिक्षा तथा जिविकोपार्ज र स्वास्थ लगायतका क्षेत्रमा काम गरिरहेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित