यादव नियुक्त मधेस लोकसेवा आयोगको अध्यक्षमा
यादव नियुक्त मधेस लोकसेवा आयोगको अध्यक्षमा
    • बेल संचार

    • ११ श्रावण २०८१, शुक्रबार

वीरगन्ज ।

मधेस प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.शिवराम यादव नियुक्त भएका छन् । मुख्यमन्त्री सतिस सिंहले यादवलाई आयोगको अध्यक्षमा नियुक्त गर्न हिजो सिफारिस गरेका थिए ।

सोही सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्त भएसँगै आजै यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज नवनियुक्त अध्यक्ष डा. यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गम्हरिया निवासी हुन् ।  गत फागुनमा उमेर हदको कारण आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।

साताकाे चर्चित
सम्बन्धित