माओवादी केन्द्र निकट , अनेरास्ववियू कनकासुन्दरी गाउँमा कमिटी गठन
माओवादी केन्द्र निकट , अनेरास्ववियू कनकासुन्दरी गाउँमा कमिटी गठन
    • उमेश बुढा

    • १३ श्रावण २०८१, आईतवार

जुम्ला ।

कनकसुन्दरी गाउँपालिका स्तरिय माओवादी केन्द्र निकट अनेरास्ववियू  ९ क्रान्तिकारी  पदाधिकारी सहित २९ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।

जसमा अध्यक्ष विमला बडुवाल , वरिष्ठ उपाध्यक्ष बालक कामी , उपाध्यक्ष सर्मिला परियार , कोशा अध्यक्ष निर्माया बिटालू , सचिव सुमन थापा सहसचिव महेन्द्र बोगटी सदस्य निशा बुढा , सदस्य यमुना रावत सदस्य महेश रावत लगायत २९ जना सदस्य कनकासुन्दरी गाउँ कमिटी गठन भएको अनेरास्ववियू ९ क्रान्तिकारीका  केन्द्रीय सदस्य सुशान्त बिटालूले जानकारी दिनु भयो ।

शनिवार माओवादीले केन्द्र निकट अनेरास्ववियू ९ क्रान्तिकारी  को कनकासुन्दरी गाउँपालिका स्तरीय दोस्रो सम्मलेन सफल भएको शान्तिपूर्ण रुपमा सम्पन्न भएको केन्द्रीय सदस्य बिटालूले भने , उक्त सम्मेलनले २९ जना सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

प्रमुख अथिति रहनु भएका माओवादी केन्द कनकासुन्दरी गाउँपालिकाका पार्टी अध्यक्ष नर वहादुर घर्तीका अनुसार यस भन्दा पहिले पनि पालिका स्तरिय अनेरास्ववियूको कमिटी गठन भएका थिए ।

तर ति कमिटीका पदाधिकारीहरुले विद्यार्थीको हितका लागि कुनै पनि कार्य गर्न सकेन । कमिटीलाई अग्र पंक्तिमा पुराउन र पार्टीलाई यो कमिटीले सहयोग पुर्‍याउन सकेन ।

अबको कमिटी त्यस्तो नहोस् सर्वहारा वर्ग , दलित , जनजाति , अपाङ्गता लगायतका विद्यार्थीको हक हितका लागि लाग्नु हुने छ ।

र कमिटी फस्टाउँदै गएर माओवादी केन्द्र कनकासुन्दरी पार्टीलाई इट्टा थप्ने काम गर्ने आसा राखेको अध्यक्ष घर्तीले बताए ।

नयाँ गाउँ कमिटीका पदाधिकारीलाई कार्यकालको शुभकामना घर्तीले दिनु भयो ।

कनकासुन्दरी गाउँपालिका स्तरीय गाउँ कमिटी माओवादी केन्द्रको अनेरास्ववियूको दोस्रो सम्मेलनबाट २९ जनाको पालिका स्तरीय कमिटी गठन भएको हो ।

साताकाे चर्चित
सम्बन्धित