अघिल्लो बुलको रेकर्ड तोड्यो, झण्डै २२ अर्बको कारोबार शेयर बजार
अघिल्लो बुलको रेकर्ड तोड्यो, झण्डै २२ अर्बको कारोबार शेयर बजार
    • बेल संचार

    • १६ श्रावण २०८१, बुधबार

काठमाडाैं | 

शेयर बजार परिसूचक नेप्सेमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको छ ।

अघिल्लो बुलमा सबैभन्दा बढी २१ अर्ब ६४ करोडको कारोबार भएकोमा बुधबार २१ अर्ब ९१ करोडको कारोबार भएको छ ।बुधबार २७९० बिन्दु छोएको नेप्से परिसूचक अन्तिममा ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ ।

१० वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा १९१ कम्पनीका शेयरधनीले कमाएका छन् ।

६४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

बुधबार सबैभन्दा बढी शेयर कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको मात्र ८४ करोड ४९ लाख बराबर शेयर कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित