काठमाडाैं।
स्थानीय बजारमा बिहीबार पहेँलो धातु (सुन)को मूल्य तोलामा एक हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ४९ हजार ४ सय निर्धारण भएको छ ।
आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ ।
बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय निर्धारण भएको छ ।