काठमाडाैं ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले २९ महिनापछि २८०० को बिन्दु पार गरेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार १ घण्टा ३१ मिनेटमा नेप्से परिसूचकले २८०० को बिन्दुलाई पार गरेको हो ।
बिहीबार प्रि-ओपन सेसनबाटै दोहोरो अंकले बढेको सेयर बजारले १२ बजेर ३१ मिनेटमा मिनेटमा २८०० को बिन्दुलाई पार गरेको हो ।
यसअघि अन्तिमपटक २०७८ माघ २७ गते नेप्से परिसूचक २८०० बिन्दुमाथि पुगेको थियो ।
यसअघि बुधबार कारोबार मूल्यका दृष्टिकोणले एकै दिन सबैभन्दा धेरै करिब २२ अर्ब रूपैयाँ मूल्य बराबरको सेयर किनबेच भएको थियो ।
१९१ कम्पनीको सेयर मूल्य बढ्दा बुधबार एकै दिन २१ अर्ब ९१ करोड १५ लाख रूपैयाँको कारोबार भएको थियो ।
यो एकै दिनको कारोबारका हिसाले अहिलेसम्मको सबैभन्दा धेरै हो ।