हिमा १ मा ठेक थिति , वडा अध्यक्ष रतन शाहीको संयोजकमा ९ सदस्यीय समिति गठन
हिमा १ मा ठेक थिति , वडा अध्यक्ष रतन शाहीको संयोजकमा ९ सदस्यीय समिति गठन
    • उमेश बुढा

    • १९ श्रावण २०८१, शनिबार

  जुम्ला ।

हिमा गाउँपालिका वडा नम्बर १ भित्र लागूऔषध , बालविवाह , छुवाछूत , छाउ प्रथा , जुवातास लगायतका कुकार्य गर्न नदिनको लागि शान्ति शुरक्षा समिति शुक्रबार गठन गरिएको छ ।

जसमा वडा नम्बर १ का वडा अध्यक्ष रतन शाही संयोजक , सदस्यमा पूर्ण वहादुर शाही , भागरती शाही , नरेन्द्र आचार्य , राजाराम रावत , कल्पना दमाई , कुम्म रोकाया , शक्ति शाही , प्रहरी चौकी बड्कीबाट लक्ष्मण जैसी यस समितिमा रहनु भएको वडा अध्यक्ष रतन शाहीले जानकारी दिनु भयो ।

पछिल्लो समयमा समाज , राष्ट्रमा नराम्रा कार्यमा नागरिकहरु बढी मात्रामा लागेकाले यसबाट बचाउन र सचेत गराउनको लागि यस वडा भित्र चोरी , झैझगडा , बालविवाह , घरेलु हिंसा , मदिरा सेवनबाट रोकथाम गर्नको लागि हिमा गाउँपालिकाको वडा नम्बर १ को सरकारले शान्ति शुरक्षा समिति गठन गरेको शाहीले बताए ।

सो वडा भित्र व्यवसाय गर्ने जुनसुकै व्यक्तिले आफ्नो होटल , पसल अनिवार्य रुपमा दर्ता गरि मात्र सञ्चालन गर्न पाउने र दर्ता नभएकोका लागि दर्ता गराउनेमा जोड दिनेछ ।

बड्की , देवारगाऊँ र आचार्यलिही गाउँलाई शान्ति बनाउनको लागि वडा सरकारले यो कदम चालेको हो । शान्ति शुरक्षा कायम गर्नको लागि समिति गठन भए पछि यस वडाका नागरिक निकै खुसी भएका छन् ।

समाजलाई परिवर्तन गर्नको लागि भौतिक विकाससँगै मानवको व्यवहारमा कुकार्य हटाएर समाजमा सद्भाव , सव्य समाज बनाउनको लागि व्यवहारमा परिवर्तन ल्याउनको लागि वडा अध्यक्ष रतन शाही लागि परेका छन् ।

साताकाे चर्चित
सम्बन्धित