नारायणी नदी तटबन्धनमा बजेट अभाव
नारायणी नदी तटबन्धनमा बजेट अभाव
    • बेल संचार

    • २२ श्रावण २०८१, मंगलवार

चितवन ।

नारायणी नदीमा तटबन्धन गर्न लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ ।

ठेकेदार कम्पनीहरूले गत वर्षको ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।

गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने एक अर्ब १३ करोड ६४ लाखमध्ये ५७ करोड भुक्तानी गरिएको छ ।
पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

आयोजना सबै सम्पन्न गर्न तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म दुई अर्ब भुक्तानी गरिएको छ ।

आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् ।

तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्को एउटाको भुक्तानी दिन बाँकी छ ।

साताकाे चर्चित
सम्बन्धित