विराटनगर ।
पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठक सुरु भएको छ ।
विराटनगरको होटेल स्वागतमा आयोजित बैठकमा प्रदेश समिति र सो सरह तथा माथिल्लो समितिका नेताहरूको उपस्थिति छ । बैठकमा पछिल्लो परिस्थिति र पार्टीको अवस्थाबारे अध्यक्ष प्रचण्डले प्रतिरक्षात्मक मन्तव्य तथा निर्देशन दिने बताइएको छ ।
यस्तै सबै जिल्लाका संयोजकबाट रिपोर्टिङ हुने र अन्तरक्रिया पनि हुने प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।