नेपाल स्टक एक्सचेन्जमा सबैभन्दा बढी कारोबारको रेकर्ड तोडिएको छ । मंगलबार नेपाली शेयर बजारमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको हो ।
२३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँको कारोबार हुँदा परिसूचकमा भने ठूलै पहिरो गएको छ ।
यसअघि २१ अर्ब ९१ करोडको कारोबारलाई मंगलबार २३ अर्ब ७१ करोड ६७ करोड रुपैयाँको कारोबारले तोडेको हो । यसअघि गत साउन १६ गते मात्रै शेयर बजारले ३ वर्षअघिको अधिकतम कारोबारको रेकर्ड तोडेको थियो ।
साउन १६ गते बजारमा २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार शेयर बजारमा ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।
अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा नेप्सेमा १४५ दशमलव ०५ अंकले गिरावट आएको छ । ५ दशमलव १८ प्रतिशतले गिरावट आएको परिसूचक २६५१ दशमलव ३२ को बिन्दुमा कायम भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै ४० अंकले बढेको बजारमा २१ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज १० कम्पनीको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
यसदिन नेपाल फाइनान्स, गोरखा फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्चेस्टमेन्ट नेपाल र ओरियन्टल होटल्सको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
आज कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३९ करोड ७८ लाख ८० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
आज १४५.०५ अंकले घटेर नेप्से परिसूचक २६५१.३२ को बिन्दुमा अडिएको छ । अघिल्लो दिन सोमबार मात्रै ४० अंकले बढेको बजारमा २१ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज १० कम्पनीको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
यसदिन नेपाल फाइनान्स, गोरखा फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्चेस्टमेन्ट नेपाल र ओरियन्टल होटल्सको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको हो ।
आज कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३९ करोड ७८ लाख ८० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।