सुर्खेत ।
कर्णाली राजमार्ग पहिरोका कारण पुनः अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला र एस मोडमा पहिरोले राजमार्ग अवरुद्ध गरेको हो ।
कालिकोट प्रहरीका अनुसार राजमार्गमा सडकभन्दा माथिबाट पहिरो आएर राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो । केही दिनअघि पनि यही ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको थियो ।
राजमार्ग खुलाउन पहल भइरहेको छ भने यातायातका साधनहरू बिच बाटोमा अलपत्र परेका छन् ।