काठमाडौँ ।
बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
आज इलाम, झापा, पर्सा, चितवन, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब. सु. पश्चिम ), रुपन्देही, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, अछाम, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाको पूर्वानुमान छ।
त्यस्तै शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भइ बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।