जुम्ला ।
सिँजा गाउँपालिकाको नराकोट बजारमा भाद्र ४ गतेदेखि ११ गतेसम्म लाखे जात्रा लाग्ने भएको छ ।
सप्पा नराकोट बजार व्यवस्थापन समिति र जात्रा समितिको आयोजनामा लाखे जात्रासँगै विभिन्न जनचेतनामूलक नाटक देखाउनको लागि सिँजाका प्रत्येक वडाबाट देखाउन पाउने र पहिला जात्रा समिति र बजार व्यवस्थापन समिति कहाँ दर्ता गराउनु पर्ने नराकोट बजार व्यवस्थापन समितिका अध्यक्ष विजराम रानाले बताएका छन् ।
कृष्णलिला वा लाखे जात्राको अवसर पारि सिँजाको कला संस्कृत , भेषभुषालाई जगेर्ना गर्नको लागि पहिलो पटक जात्रा लगाउन लागेको अध्यक्ष रानाले बताए ।
सो जात्रामा बाहिरबाट देउडा खेलाडीको माग पनि गरिने र यहाँका स्थानीयहरुले पनि देउडा भाद्र ९ गतेबाट देखाउन पाउने छन् । नराकोट बजारमा जात्रा लगाउने भने पछि यहाँका स्थानीय निकै खुसी भएका छन् ।