नेपाली राष्ट्रिय टोलीका कम्तान रोहित आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि जिते
नेपाली राष्ट्रिय टोलीका कम्तान रोहित आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि जिते
    • बेल संचार

    • २८ श्रावण २०८१, सोमबार

Watermark - 3

काठमाडाैं । 

नेपाली राष्ट्रिय टोलीका कम्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टोले ग्लोबल टी–२० लिगको उपाधि जितेको छ ।

क्यानडामा आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए ।

मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो ।

जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए ।

टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक÷एक विकेट लिए ।

साताकाे चर्चित
सम्बन्धित