एक वर्षमा ६ अर्ब ५१ करोडको राजस्व छली
एक वर्षमा ६ अर्ब ५१ करोडको राजस्व छली
    • बेल संचार

    • २९ श्रावण २०८१, मंगलवार

काठमाडाैं।

मुलुकमा राजस्व छली गर्ने प्रवृत्ति भयानक रहेको विभिन्न अध्ययनले देखाएको छ। अर्थ मन्त्रालय तथा राजस्व क्षेत्रमा रहेका अधिकारीहरूले नै विभिन्न व्यापारीहरूले वार्षिक खर्बौं रुपियाँ राजस्व छली गर्ने गरेको तथ्य औंल्याएका छन्।

यद्यपि, त्यसरी राजस्व छली गर्नेहरूमध्ये कममात्रै कानुनी दायरामा आउने गरेका छन् ।

राजस्व अनुसन्धान विभागका अनुसार गत एक वर्षको अवधिमा मात्रै ६ अर्ब ५१ करोड १० लाखको राजस्व छली भएको छ। विभागले आर्थिक वर्ष २०८०/८१ मा त्यसरी राजस्व छली गर्ने २ सय ३२ जनालाई कानुनी दायरामा ल्याउन सफल भएको छ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ गरी १०९ वटा मुद्दा दायर गर्दा राजस्व छली गर्नेहरूबाट ७ अर्ब ४३ करोड ६५ लाख बिगो मागदाबी गरेको हो।

नेपाल समाचार दैनिकमा खबर छ । 

साताकाे चर्चित
सम्बन्धित