अविरल वर्षासँगको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षासँगको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
    • बेल संचार

    • ५ भाद्र २०८१, बुधबार

जुम्ला ।

अविरल वर्षासँगको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत गएराति कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध  भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

बाढी पहिराले बन्द भएको सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको जिटीको भनाइ छ।

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बाटोमा रोकिएका छन् । सवारी साधनमा सवार सयौं यात्रुहरू अलपत्रमा पनि बाटोमै रोकिएको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित