सामान पहुँच नेपालद्वारा हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान
सामान पहुँच नेपालद्वारा हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान
    • बिर बहादुर राना

    • ९ भाद्र २०८१, आईतवार

 काठमाडौँ

नेपाली अनि हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तिज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहौल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी, चोली अनि कुर्ता र गरगहनामा सजिएर तिज मनाउँदै गरेको देखिएको छ ।
यसै सन्दर्भमा शनिवारका दिन एक कार्यक्रम आयोजना गरेर समान पहुँच नेपालले पनि शुभकामना आदान प्रदान गरेको छ । विभिन्न समुदायका गरिब, असहाय, एकल, दलित लगायतका महिला दिदीबहिनीहरूलाई समावेश गरेर आउँदै गरेको हरितालिका तिजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमको अवसरमा आयोजक संस्था समान पहुँच नेपालकी अध्यक्ष सानुमैयाँ खड्का, सविताले संस्थाले स्थापना काल देखि नै नेपाली चाडपर्व, कला संस्कृति, परम्पराको जगेर्ना गर्नु पर्ने भनी विभिन्न समुदायका एकल, गरिब, असहाय महिला दिदी बहिनीहरूलाई समावेश गरी तिज कार्यक्रम मनाउँदै आएको बताउनु भयो ।

यसै करममा उहाँले हामी नेपाली हिन्दुनारीहरुले भोग्दै आएको दुःख, सुख, पीडा, हाँसो, खुसी, आँसु, कथा, व्यथालाई गीत मार्फत व्यक्त गर्दै हाँसी खुसी मनाइने यो महान् पर्वलाई विकृति ल्याएर बिगार्न नहुने बताउनु भयो । यस पर्वलाई उच्च, निम्न, मध्यम सबै वर्गका दिदी बहिनीहरूले कला संस्कृतिको जगेर्ना गर्दै मनाइनु पर्ने कुरामा जोड दिँदै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनी तथा महानुभावहरूलाई शुभकामना व्यक्त गर्नु भयो ।

साताकाे चर्चित
सम्बन्धित