बुटवल ।
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्¸अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथ ग्रहण गराइएको थियो ।
मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका-९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो ।