सुर्खेत ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिराेमा पुरिएका छन् ।
उनीहरू शनिवार राति २ बजे बारेकोट–६ धुमामा खसेको पहिरोमा पुरिएका हुन् ।
चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए ।
पुरिएका चलाउने दम्पतीको खाेजी तथा उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।