जाजरकोट पहिरो : पुरिएका वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालियो
जाजरकोट पहिरो : पुरिएका वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालियो
    • बेल संचार

    • २३ भाद्र २०८१, आईतवार

सुर्खेत ।

घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ ।

प्रहरीका अनुसार गएराति पहिरोले उनीहरूको घर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ वर्षीय प्रेम कुमारी र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउनेको शव निकालिएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाएर शव निकालिएको हो । धुमा गाउँ निवासी उनीहरूको एक छोरी घाइते भएकी छिन् ।

११ वर्षीय सम्झनालाई हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।दम्पतीको शव पोस्टमार्टमका लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित