काठमाडाैं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्वकपको पुरस्कार रकमलाई बराबरी बनाएको छ ।
यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
आईसीसीले २०२४ को महिला टी–२० विश्वकपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ ।
यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशत वृद्धि हो । अब विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १.१७ मिलियन डलर प्राप्त गर्नेछन् ।
क्रिकेट महिला र पुरुष विश्वकपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र प्रमुख खेल बनेको छ ।
सन् २०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्स (यूएई)मा हुँदैछ ।
उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन् । विश्वकप ३ अक्टोबरबाट शुरू हुनेछ । उद्घाटन खेलमा बंगलादेशले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।