सिँजामा शिक्षा दिवस मनाउँदै साक्षर गाउँपालिका घोषणा
सिँजामा शिक्षा दिवस मनाउँदै साक्षर गाउँपालिका घोषणा
    • उमेश बुढा

    • २ आश्विन २०८१, बुधबार

जुम्ला

जुम्ला सिँजा गाउँपालिकामा शिक्षा दिवस भव्यका साथ मनाउँदै साक्षर गाउँपालिका घोषणा गरेको छ ।

ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी प्रणालीगत सक्षमता भन्ने मूल नाराका साथ शिक्षा दिवस तथा साक्षर सिँजा गाउँपालिका घोषणा कार्यक्रम भव्यका साथ सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा सिँजा गाउँपालिकाको आयोजनामा र सहयोग तथा समन्वय पेस नेपाल र क्याड नेपालको रहेको थियो ।

सिँजाका सम्पूर्ण वडाहरु पूर्ण साक्षर भइसकेको , प्राप्त तथ्यांक अनुसार हस्ताक्षर गर्ने तथा सामान्य लेखपढ गर्न सक्ने जनसंख्या समग्र पालिकाको ९६.५ प्रतिशत भन्दा माथि साक्षर भएकोले, बाँकी निरक्षर जनसंख्यालाई विद्यार्थीहरुले १ लाई १ जना पढाई साक्षर बनाउने र विद्यार्थीको परियोजना कार्यमा शिक्षक र विद्यार्थीले आफ्ना निरक्षर अभिभावकलाई साक्षर बनाउने अभिभावक निरन्तर अघि बढाउने शिक्षा युवा तथा खेलकुद शाखा शंकर धितातले बताउनु भयो ।

गाउँपालिका भित्रका २२ वटा विद्यालय रहेका छन् । उक्त विद्यालय मध्ये भैरव माध्यमिक विद्यालय नराकोटमा कार्यक्रम स्थल रहेको छ । नजिकै पर्ने विद्यालय मुख्य गरि कार्यक्रममा सहभागी गराएको र यस पालिका भित्र टाढाटाढा पर्ने विद्यालयलाई आवतजावतमा साना साना बालबालिकालाई समस्या हुने भएकोले समावेश गर्न नसकेको धितालले बताउनु भयो ।

उक्त कार्यक्रममा विभिन्न नृत्य नाटक प्रस्तुत गरिएको थियो । आफ्नो पेशालाई इमानदारी पूर्व पालना गरेर विद्यालयमा राम्रो काम गरेकाले सिँजाका विद्यालय कर्मचारी ८ जना शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रमको उद्घाटन भने, सिँजा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति रहनु भएका पूर्ण प्रसाद धितालले गर्नु भएको थियो । शिक्षकहरुको मूल्यांकन गरेर अझै अन्य शिक्षकलाई पुरस्कृत गर्ने छौ, धितालले भने अबका आउँदा दिनहरुमा पनि शिक्षालाई महत्त्वपूर्ण रुपमा अगाडि लिनलाई सिँजा गाउँपालिका लागि पर्ने धितालले बताए ।

भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको सभा अध्यक्षमा विर्ख सार्की रहनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित