हिमामा भवनको उत्घाटन गरे, मन्त्री भण्डारीले
हिमामा भवनको उत्घाटन गरे, मन्त्री भण्डारीले
    • उमेश बुढा

    • ३ आश्विन २०८१, बिहीबार

जुम्ला ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले हिमाका दुई वटा विद्यालयका भवनको बुधबार उत्घाटन गरेका छन् ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग , पेस नेपालको प्राविधिक सहयोग र हिमा गाउँपालिकाको साझेदारीमा हिमा गाउँ पालिका वडा नम्बर ३ को भैरव आधारभूत विद्यालय जोगिवाडाको नव निर्मित चारकोठे पक्की भवन र वडा नम्बर ७ मा पर्ने महादेव आधारभूत विद्यालय माथि कुडूमा पनि ४ कोठे पक्की भवन लगायत खानेपानी र शौचालयको उत्घाटन मन्त्री भण्डारीले गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर शाहीले जानकारी दिनु भयो ।

भुकम्प प्रतिरोधी , बालमैत्री र अपांग मैत्री नव निर्मित दुईवटा विद्यालयको दई वटा भक्की भवनको, खानेपानी र शौचालयको भण्डारीले उत्घाटन गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित