इस्थर बेन्जामनि स्मृतिको सामाजिक परीक्षण समापन्न
इस्थर बेन्जामनि स्मृतिको सामाजिक परीक्षण समापन्न
    • बेल संचार

    • ४ आश्विन २०८१, शुक्रबार

काठमाडौँ  ।

काठमाडौँ बालश्रमबाट उदार गरिएका बालबालिकाहरूको हक हित र अधिकारका लागि काम गर्ने सामाजिक संस्था इस्थर बेन्जामनि स्मृति केन्द्रको सामाजिक परीक्षण कार्य सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्य योजना अनुसार बिहीबार काठमाडौँमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको हो । यस संस्थाले बालश्रमबाट उद्धार गरिएका बालबालिकाहरूलाई आवासीय सेवा सुविधा सहित शिक्षा प्रदान गर्दै आएको छ ।

सो कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण शाहले विविध कारणले बालश्रम गर्न बाध्य भएका बालबालिकाहरूको उदार गराएर उनीहरूको हक हितका लिग संस्थाले गरेको कामको प्रशंसा गर्नु भयो  त्यसै गरी बाल अधिकारका लागि संसदीय समितिका संयोजक रञ्जु कुमारी झाले नेपालमा बालश्रमको अन्त्यका लागि इस्थर बेन्जामनि जस्तो संस्थाको महत्त्वपूर्ण योगदान रहने भन्दै आफ्नो गृह जिल्ला सप्तरीमा यस संस्थाको शाखा विस्तार गर्ने पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय बाल परिषद्का उपाध्यक्ष बमबहादुर बानियाले बालबालिकाका लागि काम गर्ने संस्थाले बर्सभरि गरेको कार्यक्रमको सामाजिक परीक्षण गरी सार्वजनिक गर्नु पारदर्शी रहेको बताउनु भयो । यसै क्रममा इस्थर बेन्जामनि स्मृति संस्थालाई सहयोग गर्ने संस्था सहयोग गर्ने संस्था चाइल्ड रेस्क्यु लण्डनका प्रमुख डेभडिले यस संस्थाले बालबालिकाहरूका लागि गरेको कामको प्रभावकारिता महत्त्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र कुमार पौडेलले संरक्षणको आवश्यकता भएका बालबालिकाहरूलाई संस्थाले प्रदान गरेको सेवा सुविधा अनुसार उनीहरू आत्मनिर्भर बनेको देख्दा खुसी लागेको भन्दै उनीहरूलाई सक्षम बनाउन संस्थाको योगदान सफल भएको बताउनु भयो भने कार्यकारी निर्देशक आत्माराम थापाले बालश्रम मुक्त समाज निर्माणका लागि सन् २००३ देखि बालश्रममा परेका बालबालिकाहरूको उदारका गरी उनीहरूको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना तथा सीप लगायतका कार्यहरू सञ्चालन गरिएको बताउनु भयो ।

सो संस्थामा रहेर सेवा सुविधा प्राप्त गरी रहेकी आस्मा वि.क.ले आफू रोल्पा जस्तो विकट क्षेत्रबाट आएको र यस संस्थाले दिएको शिक्षा, खेलकुद, स्वास्थ्य, आवासीय सुविधा लगायतका सेवाले आफूलाई सक्षम नागरिक बन्न सहयोग मिलेको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।

साताकाे चर्चित
सम्बन्धित