बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको
बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको
    • बेल संचार

    • ८ आश्विन २०८१, मंगलवार

काठमाडौं

बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ ।

असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् ।
पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ । अब खेलको व्याख्या त्यतिमा मात्र सीमित राख्ने भन्दापनि व्यवसायिकतामा जोड दिन जरुरी रहेको प्रबन्धक थापा मगरले बताए । यसैको कडीस्वरुप स्पोर्टस् फुटसलको आयोजना गर्न लागेको उनले जानकारी दिएका छन् ।

फुटसल फिभरमा ३२ टिमको अपेक्षा राखेको आयोजकले जानकारी दिएका छन् । यसैगरी टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको विजयी टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरले जनही नगद २ हजार ५ सय ५५ रुपैयाँ रकम, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रबन्धक थापा मगरले जानकारी दिए । यस प्रतियोगितापश्चात यसबाट संकलन भएको आर्थिक सहयोगबाट बिकट गाउका विद्यालयमा खेल सामाग्री वितरण गर्ने प्रबन्धक थापाले जानकारी दिए । यसैगरी आगामी दिनमा खेलाडी तथा युवाहरुलाई खेलकुदमा जागरुक गराउन एलिसन स्पोर्टस्ले विभिन्न खेल प्रतियोगिताको आयोजना गर्ने समेत आयोजकले बताए ।

साताकाे चर्चित
सम्बन्धित