दाङ ।
दाङको घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन उत्पादन प्रयोग गरेपछि स्थानीयको आम्दानी बढेको हो । ४० वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ ।
सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेको उनले बताए । व्यवसायबाट आफूले मासिक एक लाख ५० आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए ।
‘मेरो व्यवसायमा स्थानीय दुई जनालाई रोजगारी दिएको छु भने घरका पाँच जनाले पनि काम गर्दै आएका छौं,’ उनले भने ।
बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति एक सय शुल्क लिने गरेको जानकारी दिँदै उनले यसमा हालसम्म एक करोड १० लाख लगानी गरेको बताए ।