काठमाडाैं।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।
राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन गएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका हुन् ।
प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्ने छन् ।
महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।